1 July ,2026,Wednesday

३ करोड बढी जरिवाना भएका राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, ३० वैशाख । राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्ति अनुसार विशेष सूचनाको आधारमा मिति २०८३ वैशाख ३० गते दिउँसो करिब २:३० बजे फैसला कार्यान्वयन टोलीले लुकिछिपी बस्दै आएका प्रतिवादीलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा पर्साको साविक बेल्वा गाविस वडा नं. ५ हाल वीरगंज महानगरपालिका वडा नं. ३१ बस्ने ४२ वर्षीय प्रबिन्द्र साह गोढ रहेका छन्।

सम्मानित पर्सा जिल्ला अदालतको फैसला अनुसार उनीविरुद्ध रहेको राजस्व चुहावट मुद्दामा ६ महिना कैद सजाय तथा ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकिएको थियो।

प्रहरीले पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...