1 July ,2026,Wednesday

निर्माण सामग्रीको मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिने निर्माण व्यवसायी

अभिलाष गुप्ता
वीरगंज, ३१ वैशाख । निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, महँगी तथा सरकारले मूल्य समायोजन लागू नगरेको भन्दै नेपाल निर्माण व्यवसायी संघले देशव्यापी आन्दोलन सुरु गरेको छ। सोही कार्यक्रमअन्तर्गत पर्साका निर्माण व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल निर्माण व्यवसायी संघ पर्साका पदाधिकारी तथा व्यवसायीहरूले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्। संघका अनुसार डिजेल, डण्डी, सिमेन्ट, बिटुमिनलगायत सामग्रीको मूल्य अत्यधिक बढ्दा पुरानै दररेटमा ठेक्का सञ्चालन गर्नुपर्ने बाध्यताले व्यवसायीहरू ठूलो घाटामा परेका छन्।ज्ञापनपत्रमा सार्वजनिक खरिद नियमावलीमा मूल्य समायोजनको व्यवस्था भए पनि कार्यान्वयन नभएको गुनासो गरिएको छ। निर्माण क्षेत्रसँग लाखौं श्रमिक जोडिएको उल्लेख गर्दै सरकारले समयमै समस्या समाधान नगरे निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने चेतावनी समेत दिइएको छ।

संघका सञ्जय पटेलले देशव्यापी कार्यक्रमअन्तर्गत पर्सामा पनि ज्ञापनपत्र बुझाइएको जानकारी दिँदै माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए।

संघले निर्माण सामग्रीको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न, तत्काल मूल्य समायोजन लागू गर्न र निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...