30 June ,2026,Tuesday

बिपिएस +2 कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, एसएसपी कोईरालाद्वारा सफल भविष्यको शुभकामना

अभिलाष गुप्ता
वीरगञ्ज, ०१ जेष्ठ । वीरगंज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +2 कलेज द्वारा कक्षा १२ का विद्यार्थीहरूलाई भावपूर्ण बिदाई गरिएको छ। होटेल भिश्वामा आयोजित कार्यक्रम कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूको सम्मान तथा सफल भविष्यको कामनासहित आयोजना गरेका हुन्।

पर्सा जिल्लाका प्रहरी प्रमुख (एसएसपी) शान्तीराज कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम बिपिएस +2 कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि एसएसपी कोईराला तथा कलेजका डाइरेक्टरहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गर्दै औपचारिक कार्यक्रम सुरु गरिएको थियो।कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत–संगीत तथा नाटकले उपस्थित अतिथि, शिक्षक तथा विद्यार्थीहरूको मन जितेको थियो। सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक र भावनात्मक बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एसएसपी शान्तीराज कोईरालाले विद्यार्थी जीवन अनुशासन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धताले सफल बन्ने बताएका थिए। उनले विद्यार्थीहरूलाई सकारात्मक सोच, उच्च नैतिकता तथा समाजप्रति उत्तरदायी भावना राख्दै अघि बढ्न सुझाव दिए। “आजको युवा नै भोलिको देशको भविष्य हो, त्यसैले अध्ययनसँगै चरित्र निर्माणमा पनि ध्यान दिनुपर्छ,” उनले बताए।

त्यसैगरी, कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कलेजले गुणस्तरीय शिक्षा र अनुशासित वातावरण प्रदान गर्न निरन्तर प्रयासरत रहेको बताए। उनले विद्यार्थीहरूलाई जीवनको हरेक क्षेत्रमा आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कलेजका डाइरेक्टरहरू सन्दीप कुशवाहा सहित प्रीन्सिपल प्रभात मेहता, लालबाबु चौरसिया, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुल्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, लालबाबु सिंह, ओम प्रकाश पटेल `अबिरल´ राजु लामा , प्रदिप गुप्ता लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।साथै विभिन्न कलेजका शिक्षक, सञ्चारकर्मी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको अन्त्य विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिरसहित गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...