14 June ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

जनादेश अनुसार सरकारले राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ: उपेन्द्र यादव

वीरगंज, ३१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा विद्यमान राष्ट्रिय समस्याहरूको समाधानका लागि सरकारले जनताको जनादेश (म्याण्डेट) लाई कदर गर्दै छिटो र परिणाममुखी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ।

रिपोटर्स क्लब नेपाल, पर्सा शाखाद्वारा आज वीरगञ्जमा आयोजना गरिएको एक विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन, सुकुम्बासी समस्या र किसानका समसामयिक मुद्दाहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

रिपोटर्स क्लब नेपाल, पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको उक्त विशेष साक्षात्कार कार्यक्रममा राजनीतिक नेता, सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो।

साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले वर्तमान संविधानमा रहेका त्रुटि र कमजोरीहरूलाई सच्याउन संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

मधेशी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत समुदायको अधिकारलाई पूर्ण रूपमा ग्यारेन्टी गर्नका लागि संविधान परिमार्जन हुनुपर्ने उहाँको भनाइ थियो।

देशमा लामो समयदेखि बल्झिरहेको सुकुम्बासी समस्याप्रति लक्षित गर्दै अध्यक्ष यादवले भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई स्थायी रूपमा व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

यसैगरी, मुलुकको मेरुदण्डका रूपमा रहेका किसानहरूले अझै पनि समयमा मल, बीउ, सिँचाई र आफ्नो उपजको उचित मूल्य पाउन नसकेको भन्दै उहाँले भन्नुभयो, “किसानका समस्या समाधान नगरी देश आर्थिक रूपमा समृद्ध हुन सक्दैन।

सरकारले किसानका लागि विशेष राहत र दीर्घकालीन योजना ल्याउनुपर्छ।” साथै मंहगीले गरीब जनता त्राहिमाम बनेका छन ।भने अर्कोतर्फ उधोग ब्यापार दिन प्रतिदिन फष्टाउनुको सट्टा खुम्चिदै जानाले भएको रोजगारी अवसर पनि गुमाउन परेको छ ।

उक्त गरिमामय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र मधेश प्रदेशका पूर्वमन्त्री रमेश पटेलको उपस्थिति रहेको थियो।

यस्तै, जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, पर्सा जिल्लाका अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव रितेश कुमार गुप्ता लगायत स्थानीय नेता तथा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सञ्चारकर्मीहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...