18 June ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा गजेन्द्र कुमार गुप्ता नेतृत्वको  MAKE WIN” टिम चुनावी मैदानमा

जीतपुरसिमरा, ०४ अषाढ । आगामी असार ७ गते हुन गइरहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता नेतृत्वको “MAKE WIN” टिम चुनावी मैदानमा उत्रिएको छ।

“जित हाम्रो लक्ष्य, सेवा हाम्रो संकल्प” भन्ने मूल नाराका साथ चुनावी प्रतिस्पर्धामा रहेको उक्त टिमले उद्योगी, व्यवसायी तथा सम्पूर्ण मतदातासमक्ष आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ। टिममा वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु करबार, कोषाध्यक्षमा रिना रौनियार पुरी, वाणिज्य सचिवमा रिता कँडेल लगायत सदस्य पदका उम्मेदवारहरू रहेका छन्।

टिमले बलियो नेतृत्व, समर्पित कार्यशैली र व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्दै संस्थाको विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको जनाएको छ।

यसै अवसरमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निष्पक्ष, मर्यादित र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गरिएको छ। साथै अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता सहित सम्पूर्ण “MAKE WIN” टिमलाई हार्दिक शुभकामना तथा सफलताको मंगलमय कामना व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...