18 June ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

पत्रकार आचारसंहिता अभिमुखीकरण सम्पन्न, जिम्मेवार पत्रकारितामा जोड

अभिलाष गुप्ता
वीरगंज,  ०४ अषाढ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।

पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक मर्यादा कायम तथा सञ्चार माध्यमप्रति जनविश्वास सुदृढ गर्ने उद्देश्यले आयोजित एकदिने कार्यक्रममा पत्रकार आचारसंहिताका विविध पक्षबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत रहेका थिए भने मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, लेखा समितिका संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहान लगायत सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अभिमुखीकरणका प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार धर्मेन्द्र झा रहेका थिए। उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, सामाजिक दायित्व तथा डिजिटल युगमा देखिएका चुनौतीबारे प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, समाचार सम्प्रेषणमा तथ्यपरकता, गलत तथा भ्रामक सूचना नियन्त्रण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र व्यावसायिक नैतिकताका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको व्यावसायिक स्तर अभिवृद्धि गर्न तथा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभरका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...