19 June ,2026,Friday

spot_img
spot_img
spot_img
spot_img

नयाँ प्रमुखको कार्यबहालसँगै पर्सा ट्राफिकको कडा निगरानी: लापसे परीक्षणमा ५ चालक नियन्त्रणमा

अभिलाष गुप्ता
वीरगंज, ०५ अषाढ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखका रूपमा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले कार्यभार सम्हालेसँगै ट्राफिक नियम कार्यान्वयन र सडक सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष चेकजाँच अभियान सुरु गरेका छन्। सोही क्रममा वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानमा ५ जना चालक नियन्त्रणमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पतालको संयुक्त सहकार्यमा पथलैया–वीरगञ्ज सडकखण्डमा उक्त अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूको स्वास्थ्य अवस्था तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी परीक्षण गरिएको प्रहरीले जनाएको छ।

विशेष चेकजाँचका क्रममा २२ जना चालकको लापसे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ जना निजी सवारीसाधन चालक र ४ जना सार्वजनिक सवारीसाधन चालक गरी कुल ५ जनामा लापसे सम्बन्धी समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

प्रहरी निरीक्षक श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको सुनिश्चितता तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता विशेष चेकजाँच अभियानलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिइने बताए।

ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, स्वास्थ्य अवस्था अनुकूल भएमा मात्र सवारी सञ्चालन गर्न तथा यात्रुहरूको सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेको छ। प्रहरीका अनुसार यस्ता अभियानले सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...