22 June ,2026,Monday

spot_img
spot_img
spot_img
spot_img

जिल्ला ट्राफिक प्रहरी पर्साद्वारा चालकहरूको निःशुल्क आँखा परीक्षण तथा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ०६ अषाढ । ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३ अन्तर्गत वीरगंजमा चालकहरूको निःशुल्क आँखा परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा उक्त कार्यक्रम वीरगंज नयाँ बसपार्कमा सञ्चालन गरिएको हो।

कार्यक्रममा सार्वजनिक तथा निजी सवारीसाधनका चालकहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। साथै सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले ट्राफिक सप्ताह अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै चालकहरूको स्वास्थ्य अवस्था, विशेषगरी दृष्टि क्षमता सुरक्षित यात्राका लागि महत्वपूर्ण हुने भएकाले आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले सडक सुरक्षाका लागि चालक, यात्रु तथा सर्वसाधारण सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।

कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु लगायत विभिन्न संघसंस्था, प्रहरी अधिकारी तथा चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमबाट चालकहरूलाई आफ्नो दृष्टि अवस्था परीक्षण गराउने अवसर प्राप्त हुनुका साथै ट्राफिक नियमप्रति थप सचेत बन्न सहयोग पुगेको छ। ट्राफिक सप्ताह अवधिभर यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...