11 July ,2026,Saturday

जिल्ला खोप समन्वय समिती पर्सा द्वारा जिल्ला पुर्ण खोप सुनिस्चित दिगोपना घोषणा

अभिलाष गुप्ता
वीरगंज, २७ अषाढ । पर्सा जिल्ला खोप समन्वय समितीले पर्सा जिल्लालाई पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गरेको छ । जनस्वास्थ्य कार्यालय बिरगंजको सभाहलमा शनिबार बसेको बैठकले पर्सा जिल्लालाई पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गरेको हो ।

वडालाई पालिकाले र पालिकालाइ जिल्लाले पुर्ण खोप सुनिस्चितता दिगोपनाको घोषणा गर्ने गर्दछ भने प्रदेशले जिल्ला तथा प्रदेशलाइ केन्द्र सरकारले घोषणा गर्ने ब्यवस्थापन भएकोले पुर्ण अनुगमन सर्वेक्षण गरि घोषणा हुने गर्दछ ।
जिल्ला समन्वय समिती पर्साका सभापती निरन्जन साह सोनारले अध्यक्षता गरेको कार्यक्रमको अन्तमा सोनारले पर्साका सम्पुर्ण पालिकाहरु लाई पुर्ण खोप सुनिस्चितता दिगोपना को घोषणा गर्दै पर्सा जिल्ला लाई पनि पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गर्न मधेश प्रदेश स्वास्थय मन्त्रालय लाई आग्रह समेत गरिएको जानकारी गराए ।

पर्सा जिल्लाका १४ पालिकाका ११२ वडाहरुमा ११७ खोप सेवा केन्द्रको मद्दतले पुर्ण खोप सुनिस्चितता दिगोपनामा सफलता प्राप्त गरेको सोनारले बताउदै जिल्लामा करिब १४७३५ बालबालिका जन्मने र बच्चा जन्मिने देखि १५ महिना सम्म बालबालिकाहरुलाइ खोप दिगोपना को लागि प्रत्येक पालिका का प्रत्येक वडा को प्रत्येक घरमा पुगेर सबै खाले खोप पाएको सर्वेक्षण गरि सम्पुर्ण पालिकालाइ पुर्ण खोप सुनिस्चितता दिगोपना ठहर गरि अब पर्सा जिल्ला नै घोषणा गर्न प्रदेशलाइ निर्णायक प्रस्तुत गर्न पाउँदा आफू र सम्पुर्ण टिमलाइ असाध्यै खुशी एवं गर्व लागेको र यस्को लागि सम्पुर्णको हातेमालो परिश्रमको ठूलो योगदान रहेकोमा सम्पुर्ण वडा, पालिकाहरुलाइ बधाई शुभकामना दिएका थिए ।

सो अवसरमा चिकित्सक, खोपदुतहरु सरदार जसपाल सिंह र निला कुमारी राम,रेडक्रस पर्साका सभापती बृजकिशोर पटेल,स्वास्थय स्वयंसेवकहरु, बिरगंज महानगर स्वास्थय बिभाग का प्रतिनिधि , सरोकारवाला संस्थाका प्रतिनिधिहरु लगायत सन्चारकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...