13 July ,2026,Monday

नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

वीरगंज,२९ अषाढ । नेशनल मेडिकल कलेज, वीरगंजमा बी.एस्सी. नर्सिङ १४ औँ ब्याच का विद्यार्थीहरूको सम्मानमा भव्य बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ ले गर्नुभएको थियो भने नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रिन्सिपल प्रा. डा. के.एन. सिंह, एडमिशन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान, नर्सिङ क्याम्पसकी भाइस–प्रिन्सिपल प्रा. डा. बबिता सिंह तथा मेट्रोन विकास कुमार लगायतको उपस्थिति रहेको थियो।राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा दीप प्रज्वलन, स्वागत मन्तव्य, स्वागत नृत्य, बिदाइ मन्तव्य तथा अतिथिहरूको शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिद्वारा स्नातक विद्यार्थीहरूलाई खादा तथा मायाको चिनो प्रदान गरी आगामी व्यावसायिक जीवनका लागि शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै विशेष भिडियो प्रस्तुति मार्फत कलेजमा बिताएका अविस्मरणीय क्षणहरूलाई स्मरण गरेका थिए। अन्त्यमा धन्यवाद ज्ञापन, केक काट्ने, जलपान तथा सामूहिक फोटोसहित कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमले बी.एस्सी. नर्सिङ १४ औँ ब्याचका विद्यार्थीहरूको शैक्षिक यात्राको सफल समापनसँगै उनीहरूको उज्ज्वल व्यावसायिक भविष्यको शुभकामना व्यक्त गर्दै भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...