13 July ,2026,Monday

लागुऔषध विरुद्ध सचेतना फैलाउन वीरगंजमा नेपाल–भारत मैत्री युवा संघको जनचेतना अभियान सम्पन्न

वीरगंज, २९ अषाढ । नेपाल–भारत मैत्री युवा संघ, पर्सा नेपालको आयोजनामा वीरगंज महानगरपालिका–स्थित टाउन हल प्राङ्गणमा लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभियान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संघका अध्यक्ष शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख बिक्रम सुवेदी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, भारतको महावाणिज्य दूतावास वीरगञ्जका दूत देवी सहाय मीना, मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री लगायत विभिन्न सामाजिक, राजनीतिक तथा युवासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

लागुऔषध दुव्र्यसनले समाजमा पारिरहेको नकारात्मक प्रभावबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरबारे सचेत गराइएको थियो। वक्ताहरूले लागुऔषधको लतले युवाको भविष्य मात्र नभई परिवार र समाजसमेत प्रभावित हुने भएकाले समयमै सचेतना फैलाउन आवश्यक रहेको बताए।

उनीहरूले युवापुस्तालाई लागुऔषधबाट जोगाउन परिवार, विद्यालय, समुदाय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए। विद्यालय तहदेखि नै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न सके लागुऔषध दुव्र्यसन न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा वक्ताहरूले व्यक्त गरेका थिए।

प्रहरी प्रमुख बिक्रम सुवेदीले लागुऔषध नियन्त्रणका लागि प्रहरीले कानुनी कारबाहीसँगै समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले लागुऔषधको ओसारपसार, बिक्री–वितरण तथा सेवनविरुद्ध सबैले एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि लागुऔषधविरुद्ध सचेत रहने, आफ्ना साथीभाइलाई समेत सचेत गराउने तथा स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजक नेपाल–भारत मैत्री युवा संघ, पर्सा नेपालले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै युवामाझ सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना तथा सकारात्मक सोचको विकास गर्ने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...