14 July ,2026,Tuesday

माहेर ममता निवासको उद्घाटन समारोहमा भारत–नेपालको सांस्कृतिक आत्मीयता झल्कियो

रक्सौल, ३० अषाढ । माहेर ममता निवासको नवनिर्मित भवन उद्घाटन समारोहमा सेवा, संस्कार र मानवीय संवेदनासँगै भारत–नेपालको साझा सांस्कृतिक सम्पदाको मनमोहक झल्को देख्न पाइयो।

समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी लायन्स क्लब अफ वीरगंज मेट्रो सिटी की अध्यक्ष तथा समाजसेवी लायन पिया सिंह र संयुक्त सचिव तथा समाजसेवी लायन प्रसिद्धि आनन्द सिंह ले नेपाली संस्कृतिको गौरवशाली परम्परालाई आत्मसात गर्दै माहेर ममता निवास, रक्सौलकी संस्थापक निर्देशक सिस्टर लुसी कुरियन, अध्यक्ष डा. प्रदीप शर्मा, सचिव डा. निकोला पवार, सदस्यहरू हिराबेगम मुल्ला, अनिरुद्ध गडनकुश, मर्सी मेन्डोन्का तथा सुश्री सिन्डिथ क्युस्टर लगायत सम्पूर्ण अतिथिहरूलाई खादा (अंगवस्त्र) र ढाका टोपी लगाएर हार्दिक स्वागत तथा सम्मान गरे।

नेपाली संस्कृतिमा खादा श्रद्धा, सम्मान, पवित्रता र सद्भावको प्रतीक मानिन्छ भने ढाका टोपी राष्ट्रिय गौरव, सांस्कृतिक पहिचान र आत्मसम्मानको प्रतीक हो। अतिथिहरूको यस परम्परागत सम्मानसँगै सम्पूर्ण सभाहल तालीको गडगडाहटले गुन्जियो र समारोह भावनात्मक तथा सांस्कृतिक उल्लासले भरियो।यस सम्मानबाट भावविभोर सिस्टर लुसी कुरियन तथा जर्मनीबाट आएका अतिथिहरूले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहप्रति बारम्बार आभार व्यक्त गरे। त्यसपछि सिस्टर लुसी कुरियनले पनि दुवै पदाधिकारीलाई अंगवस्त्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिन्। संस्थाका केयरटेकर वीरेन्द्र कुमार ले समेत नेपालबाट आएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।

यस अवसरमा उपस्थित भारत विकास परिषद्, रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफ ले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहको यस सराहनीय पहलको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाली संस्कृति र परम्परा अनुसार गरिएको यो सम्मान भारत–नेपालबीचको अटुट सांस्कृतिक सम्बन्ध, आत्मीयता र पारस्परिक सम्मानको प्रेरणादायी उदाहरण भएको बताए।

उहाँहरूले सेवा, समर्पण र मानवताप्रति समर्पित माहेर ममता निवासको उद्घाटन समारोहमा देखिएको यो दृश्य सहभागी सबैका लागि अविस्मरणीय बनेको उल्लेख गरे। उक्त जानकारी भारत विकास परिषद्, रक्सौल शाखाका सेवा संयोजक एवं सञ्चार प्रभारी तथा लायंस इंटरनेशनल डिस्ट्रिक्ट 322 ई का जोनल चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन बिमल कुमार सर्राफ ले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...