14 July ,2026,Tuesday

निःशुल्क स्वास्थ्य तथा आँखा शिविरसँगै बहुअरीका विद्यार्थीलाई जुत्ता वितरण

आनन्द पटेल

परवानीपुर,  बारा  ३० अषाढ । बारा जिल्लाको परवानीपुर गाउँपालिका–५, बहुअरी टोल स्थित श्री नेपाल राष्ट्रिय आधारभूत  विद्यालयमा मंगलबार विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ।

तेरापन्थ युवक परिषद् वीरगंज, नेपालको आयोजनामा सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावकगरी ११० जनाको निःशुल्क स्वास्थ्य तथा आँखा परीक्षण गरिएको थियो।

शिविर सम्पन्न गर्न Galaxy Packaging Industries Pvt. Ltd. को विशेष सहयोग रहेको थियो भने आँखा परीक्षण तर्फ किरण आँखा अस्पताल तथा Goodlife Medico Pvt. Ltd. ले प्राविधिक सहकार्य गरेका थिए। विशेषज्ञ चिकित्सकहरूले सहभागीहरूको स्वास्थ्य तथा आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेका थिए।

शिविरका क्रममा आँखा एलर्जी, आँखाबाट पानी बग्ने लगायतका समस्याका लागि आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। साथै पेट दुख्ने, कान दुख्ने, टाउको दुख्ने लगायत सामान्य स्वास्थ्य समस्याका औषधि समेत निःशुल्क उपलब्ध गराइएको थियो।

यस अवसरमा Galaxy Packaging Industries Pvt. Ltd र तेरापन्थ युवक परिषद् वीरगञ्ज नेपालले संयुक्त रूपमा  विद्यालयका विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १०० जोर जुत्ता निःशुल्क वितरण गरेका थिए।

कार्यक्रममा Galaxy Packaging Industries Pvt. Ltd का संचालक अमित अग्रवालको विशेष सहयोग र उपस्थिति रहेको थियो । उनले सामाजिक सेवा गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सेवालाई निरन्तर राख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महन्थ प्रसादको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष प्रसादले विद्यालयको इतिहासमै पहिलो पटक यस्ता प्रकारको स्वास्थ्य तथा आँखा शिविर आयोजना भएको उल्लेख गर्दै यसबाट विद्यार्थी र अभिभावकले प्रत्यक्ष लाभ प्राप्त गरेको बताए।

अभिभावक रामेश्वर पटेलले यस्ता स्वास्थ्य शिविरले बालबालिकाको स्वास्थ्य समस्या समयमै पहिचान भई उपचार गर्न सहज हुने भएकाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए।

यस सफल कार्यक्रमको आयोजना तथा समन्वयमा समाजसेवी तथा राजनीतिमा सक्रिय अजय पटेलको विशेष योगदान उल्लेखनीय रहेको सहभागीहरूले बताएका छन्। स्थानीय स्तरमा सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका अजय पटेलले विद्यालय, आयोजक संस्था तथा सहयोगी निकायबीच प्रभावकारी समन्वय गरी शिविर सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्थानीयवासीका अनुसार शिक्षा, स्वास्थ्य तथा सामाजिक हितका कार्यक्रमहरूमा उनको सक्रिय सहभागिताले समुदायमा सकारात्मक प्रभाव पारेको छ।

कार्यक्रममा तेरापन्थ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनिल दुगर , द्वितीय उपाध्यक्ष सौरभ भुटोरिया , सन्मगठन मन्त्री पियुष जम्मर , सदस्य तथा मिडिया इन्चार्ज आशिष जैन, वडा अध्यक्ष रामेश्वर साह कलवार, वडा सदस्यहरू दारा सिंह पटेल, महेश साह, उषा देवी राम लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक धुरन्धर प्रसादले विद्यालयमा पहिलो पटक यति प्रभावकारी स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएकोमा आयोजक संस्था, सहयोगी निकाय, चिकित्सक टोली तथा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक तथा सहयोगी संस्थाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार यस कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सहकार्य र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

तेरापन्थ युवक परिषद् वीरगंज, नेपालले निरन्तर रूपमा स्वास्थ्य शिविर, रक्तदान, सामाजिक सेवा निःशुल्क रूपमा  गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...