13 August ,2026,Thursday

अडान पर्साले मनायो २१औँ स्थापना दिवस, ११ जन दृष्टिविहीन विद्यार्थीलाई ट्र्याकसुट र भेस्ट वितरण

अभिलाष गुप्ता
वीरगंज, २७ साउन । नेपाल अडिटर्स एसोसिएसन (अडान) पर्साले आफ्नो २१ औँ स्थापना दिवस विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम गरी मनाउने क्रममा त्रिजुद्ध माध्यमिक विद्यालय वीरगञ्जमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीलाई ट्र्याकसुट तथा भेस्ट वितरण गरेको छ।

स्थापना दिवसको अवसरमा अडान पर्साले यसअघि श्रावण २० गते प्रभातफेरी समेत आयोजना गरेको थियो। स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक पोसाक वितरण गरिएको अडान पर्साले जनाएको छ।कार्यक्रममा अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंहले विद्यार्थीलाई ट्र्याकसुट तथा भेस्ट हस्तान्तरण गरेका थिए। कार्यक्रममा अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार, केन्द्रीय अनुशासन समिति सदस्य तथा मधेश प्रदेशका उपाध्यक्ष हृदयमोहनलाल दास, अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसिया, कोषाध्यक्ष रामबाबु साह, सदस्यहरू श्यामनारायण श्रेष्ठ र रोशन श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा त्रिजुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीको समेत उपस्थिति रहेको थियो।

अडान पर्साका पदाधिकारीहरूले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक सेवासँग जोड्दै विद्यार्थी तथा समुदायका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

दृष्टिविहीन विद्यार्थीलाई ट्र्याकसुट तथा भेस्ट वितरणले उनीहरूको दैनिक अध्ययन तथा विद्यालय गतिविधिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त कार्यले विपन्न तथा विशेष आवश्यकता भएका विद्यार्थीप्रति समाजको सहयोग र सहकार्य आवश्यक रहेको सन्देशसमेत दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...