7 November ,2025,Friday

योजना तथा पूर्वाधार विकास समितिको संयोजकमा वडाध्यक्ष यादव मनोनीत

४ भदौ,२०८०

वीरगंज । वीरगंज महानगरको योजना तथा पूर्वाधार विकास समितिको संयोजकमा वडाध्यक्ष मनोज यादव मनोनीत भएका छन् ।वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यादवलाई समितिको संयोजकको जिम्मेवारी दिँदै सोमबार मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष यादवलाई सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार मेयर सिंहले पूर्वाधार विकास समितिको संयोजकमा मनोनीत गरिएको महानगरले जनाएको छ।यादव स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० बाट विजयी भएका थिए ।

समितिको संयोजकमा मनोनीत भएपछि प्रतिक्रिया दिँदै यादवले प्राप्त जिम्मेवारीलाई इमानदारिता पूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै महानगरको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...