9 December ,2025,Tuesday

एक करोड ४२ लाख मूल्य बराबरको सामानसहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा

वीरगंज, १८ असोज । जिल्ला प्रहरी कार्यालय, बाराले एक करोड ४२ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको ट्रकलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया शुरु गरेको छ ।
बुधवार बिहान बारा, जितपुरसिमरा उ.म.न.पा.वडा न. ११ अमलेखगंजमा वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ नं.को ट्रक चेकजाँच गर्दा ४९ लाख ८२ हजार मूल्य बराबरको सामान रहेको र सो सामान बिलबिजक भन्दा बढी र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।
यसैगरी सोही दिन वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा ९२ लाख १९ हजार मूल्य बराबरको विभिन्न सामान बिलबिजकभन्दा बढी देखिएपछि नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...