31 May ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम भएमा पत्थरी हुने जोखिम बढी

वीरगंज, २२ पुस । पछिल्लो समय धेरै मानिस पत्थरीको समस्याबाट पीडित भएका छन्। पिसाबमा क्याल्सियमको मात्रा बढेर मिर्गौलामा पत्थरी हुन्छ। हामीले दैनिक खाने खानामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गरेको छ। माछा, मासु जस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढेर पत्थरी हुने चिकित्सकले बताएका छन्। मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। के कारणले हुन्छ मिर्गौलामा पत्थरी ? पत्थरी भएपछि के कुरामा ध्यान दिने ? यो हुनै नदिन के गर्ने ? यी र यस्तै विषयमा युरोलोजिस्ट डा. महेशबहादुर अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

मिर्गौलामा हुने पत्थरी कस्तो समस्या हो ?
मिर्गौलामा अनियमित आकारको ठोस वस्तु जम्मा हुनु नै मिर्गौला पत्थरी हुनुु हो। मानिसको व्यस्त जीवनशैलीले स्वास्थ्य धेरै समस्या निम्तिन्छन्। जसमध्ये मिर्गौलाको पत्थरी पनि एक हो। शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड बढ्यो भने पनि पत्थरी हुन्छ।

बुवामा पत्थरीको समस्या छ भने छोराहरूमा देखिनसक्छ। विशेष गरेर धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम हुने भएकाले पत्थरी हुने जोखिम बढी हुन्छ।

कस्तो मानिसमा बढी हुन्छ पत्थरी ?
यो हरेक उमेर समूहमा देखिन्छ। बुवामा पत्थरीको समस्या छ भने छोराहरूमा देखिनसक्छ। विशेष गरेर धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम हुने भएकाले पत्थरी हुने जोखिम बढी हुन्छ।

पत्थरीका लक्षण के हुन् ?
पत्थरी शरीरको विभिन्न स्थानमा हुनसक्छ। केटा मान्छेको पिसाब आउने बाटो लामो हुन्छ त्यहाँ पनि अड्केको हुनसक्छ। त्यसैले लक्षण पनि त्यही अनुसार फरकफरक हुन्छन्। युरेटरमा भयो भने धेरै दुख्छ। पिसाबको थैलीमा भयो भने छिटोछिटो पिसाब लाग्ने हुन्छ। पिसाबले पोलेको जस्तो हुनु, पिसाब बाक्लो तथा रातो हुनु, ज्वरो आउने, बान्ता आउला जस्तो हुने हुन्छ। केटी मान्छेको बच्चा पाउँदा दुखेजस्तै गरी दुख्यो भन्दै अस्पताल पुग्नेको संख्या पनि छ।

यो समस्या कस्तो कस्तो व्यक्तिमा धेरै देखिएको छ ?
यो भनेको बढी सक्रिय हुने मानिसमा हुन्छ। २० देखि ५० वर्षसम्मका मानिसमा बढी हुन्छ। बढी काममा हिँड्ने भएकाले यो उमेरमा पत्थरीको समस्या देखिन्छ। खानपान र पानी प्रशस्त नपुग्दा पत्थरी हुन्छ। यो समस्या भएर कोखमा हल्का दुख्दा इगनोर गरेर हिँड्ने र धेरै दुःखेपछि मात्र अस्पताल आउने संख्या ठुलो छ।

पिसाबको थैलीमा पत्थरी भयो भने छिटोछिटो पिसाब लाग्ने हुन्छ। पिसाबले पोलेको जस्तो हुनु, पिसाब बाक्लो हुनु, रातो हुनु, ज्वरो आउनु र बान्ता आउला जस्तो हुनु पत्थरीका लक्षण हुन् ।

पत्थरीको उपचार कसरी हुन्छ ?
पत्थरी एक पटक एकातर्फ भयो भने अर्को तर्फ पनि दोहोरिने सम्भावना हुन्छ। त्यसैले एक पटक पत्थरी निस्के पनि उसको पिसाब र रगत शरीरमा नै रहन्छ। पत्थरी कुन ठाउँमा छ भनेर भिडियो एक्स–रे र सिटी स्क्यान गरिन्छ। क्याल्सियम युरिक एसिडदेखि लिएर २४ घण्टाको पिसाब राखेर पनि जाँच गरिन्छ। यस्तो जाँच पछि कुन साइजमा पत्थरी छ भनेर थाहा पाउनु पर्दछ। पत्थरी ५ एमएम भन्दा सानो छ भने पानी बाट नै जान्छ। ठुलो भएको छ भने पानीबाट जाँदैन । ठुलो पत्थरीको लागि शल्यक्रिया नै गर्नुपर्छ।

पिसाबको नलीबाट क्यामेरा छिराएर मिर्गौलाकै पत्थरी निकाल्न सकिन्छ। सानोसानो पत्थरीको उपचार सहज हुन्छ। ठुलो पत्थरी भए मिर्गौलालाई प्वाल पारेर पनि निकाल्न सकिन्छ। तर समयमै यसको उपचार गर्नुपर्छ। कसैलाई नदुखी र थाहा नपाई भित्र भित्रै मिर्गौला बिग्रिसकेको पनि हुन्छ। कतिपय बिरामीको यसले दुई वटै मिर्गौला बिगारेको हुन्छ। त्यो अवस्थामा उपचार गर्नु जोखिमपूर्ण हुन्छ। सानोसानो पत्थरीको उपचार सहज हुन्छ। ठुलो पत्थरी भए मिर्गौलालाई प्वाल पारेर पनि निकाल्न सकिन्छ।

पत्थरी भइसकेपछि के के कुरामा ध्यान दिने ?
पानी प्रशस्त मात्रमा खानुपर्छ। झोलिलो पदार्थ बढी खाने बानी गर्नुपर्छ। नुन धेरै नखाने, माछा मासु थोरै खाने, प्याकिङ गरेका सुख्खा खानेकुरा धेरै खानु हुँदैन। काजु बदाम, चकलेटहरू कम खाने बानी गर्नुपर्छ। पत्थरी भएको मान्छेले दुई हप्तामा एक दिन जति उपवास गर्नु राम्रो हुन्छ। चिया, मदिरा, सोडा, कफीको सेवन गर्नु हुँदैन। परिवारमा एक जनामा पत्थरी भयो भने त्यो घरको अरू सदस्यले समय समयमा परीक्षण गर्नुपर्छ। यसले सबैलाई हुने जोखिमबाट समयमै बच्न सकिन्छ।साभार–खबरहब

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल