22 December ,2025,Monday

रुपेश स्वर्णकारको हत्यामा संलग्न ७ जना पुर्पक्षका लागि कारागार चलान

कलैया,२५ पुस । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जना कारागार चलान भएका छन् ।
स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकै प्रेमि भनिने राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मोलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी कृष्ण प्रसाद दहालले जानकारी दिए ।

उनका अनुसार हत्या प्रकरणमा जिल्ला अदालत बारामा पुस १६ गते ११ जना विरुद्ध कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएकोमा पुस १७ गतेदेखि लगातार पेशीको क्रममा मंगलबार ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । बारा जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले आरोपितहरू ११ जनामध्ये ७ जनालाई कारागार पठाउने आदेश दिएको हो भने बाँकी ४ जना हालसम्म फरार रहेको सूचना अधिकारी दहालले जानकारी दिए ।

फरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव रहेका छन् । उनीहरु विरुद्ध अदालतले कानुन बमोजिम म्याद जारी गरेको उनले बताए । यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन् भने घटनाको मुख्य सुटर भनिएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंह अस्पतालमा उपचारार्थ छन् । उनलाई बारा प्रहरीले गत पुस १२ गते राति नेपाल भारत सीमा क्षेत्रबाट खुट्टामा गोली हानी पक्राउ गरेको थियो ।

रुपेशको हत्या भएकै दिन प्रहरीले उनका प्रेमिका भनिएकी राधा सहित केहीलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो तर मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार थिए । प्रहरीको करिब २ महिनाको प्रयासपछि बारा प्रहरीले पुस १२ गते राति बाराको बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईट स्थित गोली चलाएर मुख्य सुटर भनिएका सिंहलाई पक्राउ गरेको थियो । उनी अहिलेपनि उपचारार्थ छन् ।

बारा प्रहरीलाई कडा चुनौति दिदै कात्तिक १३ गते दिनदहाडै सदरमुकाम कलैयामा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफ ९स्वणर्कार० लाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल