spot_img

20 March ,2026,Friday

सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने– बाराका प्रजिअ घिमिरे

बारा, १० माघ । हालै सरूवा भएर आएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरूमा सेवा प्रवाहलाई चुस्तदुरूस्त पार्ने बताएका छन् ।
मंगलवार पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवा प्रवाहलाई पहिलो प्राथमिकता दिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरे जिल्ला प्रशासन कार्यालय, बाराबाट दिइने सेवाहरू नागरिकता, पासपोर्ट,राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थित गर्दै छिटो र सहज रूपमा सेवा पाउने गरी काम गर्ने बताए ।
उनले जिल्लामा हुने अवैध भन्सार छली,चोरी निकासीलाई नियन्त्रण गर्न प्रहरीको निगरानी बढाउने र अनुचित लेनदेन, मिटर ब्याजीलाइ कारबाई जस्ता कामलाई पनि प्राथमिकताका साथ काम गर्ने बताए ।
स्थानीय तहसंग समन्वय गरि बजार अनुगमन,लागु औषध नियन्त्रण तथा स्थानीय तहहरू संग सिसि टिभी क्यामरा जडान गराई, बढ्दो सवारी चोरीलाई नियन्त्रण गर्ने योजना रहेको बताए ।
सोही अवसरमा प्रजिअ घिमिरेले जिडिपीमा बारा जिल्लाको योगदान तथा अर्थतन्त्रमा राजश्व दिने तेस्रो जिल्ला भएकोले स्थानीय,सम्पुर्ण राजनीति दलका नेता तथा पत्रकारहरूको साथ सहयोग रहेमा उपलब्धिमुलक कामहरू गर्न सकिने भएकाले सवैको साथ र सहयोग आवश्यक रहेको जनाए ।
पत्रकारहरूसंगको कुराकानीमा प्रजिअ घिमिरेले पत्रकारहरूलाई कुनै कतैबाट असुरक्षित महसुस भए आफुलाई तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन ।
परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने सहित विभिन्न सञ्चारगृहका सनचारकर्मीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल