14 May ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

निषेधको राजनीति नगरौ – पूर्वराजा ज्ञानेन्द्र

वीरगंज १३ माघ । पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहको वीरगंजमा एक ऐतिहासिक समारोहकोबीच स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन समारोमा राजाले जनतालाइ बुझाएको नासो संबिधान–२०४७ लागू गर्न माग समेत गरिएको थियो ।
नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुदै पूर्व राजा शाहले तराइ मधेसको उर्बरभूमि दुई दशकदेखि पानीको स्रोत सुकेर मरूभुमि बन्दै गएकोले बेरोजगारीको कारण युवा शक्ति रोजगारीको लागी बिदेशिनु परेको बताउनु हुदै उत्पादन वृद्धि गरि सीप पौरख आफ्नै देशमा लागाउने समय आएको भन्नुभयो ।
देश बचाउनु पर्छ भनि आफूलाइ आहवान भएको छ हामीले हाम्रो पुर्खाको गौरब भुल्न हुँदैन । यही बसेर पौरख गर्नुपर्छ भन्नुभयो । देश चरम दुर्भाग्यतर्फ उन्मुख छ सबै मिलेर बचाउनु पर्छ पूर्वराजा शाहको भनाइ थियो । अब सोच्ने बेला आयो भुगोल भुबनौट बाँड्न हुँदैन । धर्म जातजाति बाँडिन हुँदैन हामी सबै नेपाली हौ मिलेर बस्नुपर्छ भन्नुहुदै पूर्वराजाले निषेधको राजनीति नगरौ भन्नु भयो ।
हामीले आफ्नो परिवार गुमाएको दुःखद घडीमा राष्ट्र र जनहितको लागी मैले जिम्मेवारी लिएको थिए भन्नुहुँदै पूर्वराजाले २०५८ सालको दुखदायक कहालिलाग्दो घटनालाई जालझेल गरेर भ्रम फैलाएर हाम्रो परिवारमाथि घातक प्रहार गरियो भन्नुहुदै आखिर सत्य सत्य हुन्छ सत्यकै बिजय हुन्छ भन्नुभयो । उनले मैले राजदरवार त्याग गर्दा भनेको थिए– म देशमा नै बसेर देश र जनताको लागि काम गर्छु अहिले जनताको माझमा आएर जनताको दुख पीरमर्का बुझ्ने काम भरहेको छ भन्नुभयो ।
मुलुक अहिले जटिल अवस्थामा पुगेको छ आफ्नो मौलिकता आफ्नो पहिचान आफ्नो अस्तिŒव गुमाएर देशको भलो हुँदैन भन्नु हँुदै पुर्ब राजाले राज्य व्यवस्था, राजनीति अर्थ व्यवस्थालाई बिकासको बाटोमा लैजानु पर्छ भन्नु भयो ।
नागरिक अभिनन्दन समारोह समितिका संयोजक वरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेसका नेता देवेन्द्रलाल नेपालीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने उनले मन्तब्य ब्यक्त गर्दै कथित संविधान २०७२ अबैध रहेकोले तत्काल खारेज गरि संबिधान २०४७ लागु गरी नेताहरूले आफ्नो गल्ती सुधार गर्नुपर्ने बताउनु भयो । महासचिव हीरा बहादुर चन्दले सहजीकरण गरेका थिए भने जेष्ठ नागरिक समाजका अध्यक्ष पशुपति बिक्रम शाहले धन्यबाद ज्ञापन गर्नुभएको थियो । समारोहमा बिभिन्न संघसस्थाका ब्यक्तिहरूले पूर्वराजा शाहको अभिनन्दन गएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल