9 May ,2026,Saturday

spot_img
spot_img
spot_img
spot_img

ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

वीरगंज, १० चैत । ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN),मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल (MBAN), नेपाल उद्योग वाणिज्य महासंघ र विरगंज पब्लिक कलेजको संयुक्त आयोजकमा दुई दिने इन्वेस्टिभल कार्यक्रम सम्पन्न गरेको छ ।
इन्वेस्टिभल कार्यक्रममा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता,सेमिनार, फाइनेंसियल रैली र सडक नाटक प्रस्तुति गरिएको बिपिसीका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले जानकारी दिनुभयो ।
फाइनेंसियल रैली घण्टाघरदेखि माइस्थान मन्दिरसम्म २०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा गरिएको र सो रैली माइस्थान मन्दिरमा आएर शक्तिशाली सडक नाटकमा परिणत भएको थियो । सडक नाटकको उद्घाटन भारतीय राजदूतावास वीरगन्जका कन्सुल (पीसीएस) शैलेन्द्र कुमारले गर्नुभएको थियो । त्यस्तै दोस्रो दिनमा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरिएको थियो र सो क्विज प्रतियोगितामा मधेस प्रदेशका ३५ कलेज सहभागी रहेकोमा विरगंज पब्लिक कलेज प्रथम,हरि खेतान क्याम्पस र ठाकुरराम क्याम्पस क्रमशः उपविजेता र तेस्रो स्थान हासिल गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश लाठ लगायत गणमान्य व्यक्तिको उपस्थित रहेको थियो।
के हो ‘ग्लोबल मनि विक’ अभियान ?
वित्तिय साक्षरता सम्बन्धी विश्वव्यापी कार्यक्रम ‘विश्व वित्तिय सप्ताह’ (ग्लोबल मनि विक) २०२४ जारी छ । यस सप्ताह अन्तर्रगत नेपालमा पनि मार्च १८ देखि २४ सम्म विभिन्न कार्यक्रम गरी मनाइने छ । प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँ संस्करण हो । यो किशोर किशोरी तथा युवाहरुमा वित्तिय शिक्षाको महत्व बारे जागरण ल्याउने उदेश्यले मनाइने अभियान हो । बालबालिका तथा युवाहरुमा वित्तिय ज्ञान र सिप अभिवृद्धि साथै व्यवहारीक रुपमा सक्षम बनाउँदै उनिहरुलाई बिबेकशिल वित्तिय निर्णय लिन, अभिप्रेरित गर्न राष्ट्र बैंक र अन्य बैंक तथा वित्तिय संस्थाहरुले विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् ।
सन् २०१२ देखि मनाउन सुरु गरिएको यस सप्ताह १७५ वटा राष्ट्रमा मनाउन थालिएको साथै यस कार्यक्रम ४ करोड ४२ लाख बालबालिका तथा युवा माझ पुगिसकेको छ । ‘सिक, बचत गर र कमाउ’ भन्ने स्थाई नारा यस कार्यक्रमको रहेको छ । सात वटै प्रदेशमा सात दिन सम्म मनाइने ‘ग्लोबल मनि विक’ ले आम जनतामा पैसाको महत्व बुझाउन सहयोग पुग्ने विश्वास छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल