25 June ,2026,Thursday

चार दिनसम्म मनाइने चैतीछठ शुरु

वीरगंज, ३० चैत । आजदेखि चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । चार दिनसम्म पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहटलगायत मधेस प्रदेशभरि धुमधामका साथ छठोत्सव मनाइन्छ।
शहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ। छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।
अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो।
पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात नुहाएर भोजन गर्छन। पर्वको दोस्रो दिन भोलि शनिवार खर्ना मनाइन्छ।
खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्छन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ।
त्यस्तै षष्ठीका दिन पर्सी आइतवार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरूकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन।
षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य अर्पण गर्ने परम्परा छ। त्यसको भोलिपल्ट सोमवार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्याइ सूर्यलाई अघ्र्य दिएर छठसम्पन्न गर्ने रीति छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...