वीरगंज, १३ भदौ । नेपाल शिक्षक महासंघ वीरगंज महानगर समितिले उठाएका जायज मागहरू प्रति पर्साका राजनीतिक दलहरूले ऐक्यवद्धता जनाएका छन् । आज (बिहीबार) नेपाली कांग्रेसको पार्टी कार्यालय रामगढवा बसेको सर्बदलिय बैठकले बृहत छलफल पछि प्रेस बिज्ञप्ति जारी गर्दै शिक्षकहरूको माग प्रती एक्यवद्धता जनाएका हुन ।

बैठकमा नेकपा एमालेका पर्साका अध्यक्ष डा बिश्वम्भर शर्मा, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम नारायण कुर्मी, जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आलम जनमतका सह इन्चार्ज मुकेश द्विबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्त, प्रदेश सदस्य सुदिश प्रजापति र शिक्षक संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।