7 May ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

पृथ्वी जयन्तीमा विश्व हिन्दू महासंघद्वारा प्रवचन गोष्ठी

वीरगंज, २६ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक प्रवचन गोष्ठी आयोजना गर्याे । महासंघका नवनिर्वाचित अध्यक्ष अस्मिता भण्डारीको सभापतिŒवमा प्रमुख अतिथि पूर्व प्रधान सेनापति प्यारजङ्ग थापा र प्रमुख वक्ता त्रिवि इतिहास संस्कृति विभागाध्यक्ष प्रा. डा. विणा पौडेल रहनुभएको थियो। बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको दूरदर्शिता, आजका चुनौती र हाम्रो भूमिका विषयक गोष्ठी कार्यक्रमका अन्य वक्ताहरूमा किराँत धर्मगुरू डा चन्द्रकुमार शेर्मा, बौद्ध धर्म गुरू शिव औतारी लामा, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्यामकृष्ण शर्मा, नेपाल जैन परिषदका अध्यक्ष बिमल चन्द्र राखेचा, पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई हरहनु भयो । महासंघका सचिव भोला दाहालले संचालन गरेका कार्यक्रममा उपस्थित प्रमुख अतिथी लगायतलाई अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुदै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकिकरणको योगदानलाई कुनै पनि नेपालीले भुल्न नहुने बताउनु भयो । उहाँले भन्नू भयो “जसले पृथ्वीनारायण शाहलाई मान्दैन त्यो नेपाली हुन सक्दैन । पौष २७ गते पृथ्वी जयन्तीलाई प्रत्येक नेपालीले हर्षाेल्लासका साथ देश ब्यापी रूपमा मनाउनु पर्छ । र उहाँको तस्बिर अंकित हुलाक टिकट र नोट मुद्रण गरिनु पर्दछ ।” वैदिक बटुकहरूको स्वस्तिवाचन सहित दीप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथिसहित मञ्चस्थ सबैले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका उप सभापति अरूणकुमार पाण्डेले धन्यवाद मन्तव्य राख्नु भयो । कार्यक्रमका सभापति महासंघका अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यमा राष्ट्र निर्मातालाई राजसंस्था र राजनीतिसंग जोडेर हेर्न नहुने भन्दै राष्ट्र निर्माताको सम्मान नगर्ने व्यक्ति वास्तविक नेपाली नागरिक हुन नसक्ने बताउनुभयो । प्रमुख अतिथी पूर्व प्रधान सेनापति प्यारजंग थापाले दिव्य उपदेशको चर्चा गर्नुहुंदै आजको राजनीति अर्थनीति विदेश नीतिमा समेत दिव्योपदेश मार्गदर्शक हुन सक्ने बताउनुभयो । कार्यक्रममा महासंघका उपाध्यक्ष राधेश्याम थापा, कोषाध्यक्ष गणेश रिमाल, केन्द्रीय सदस्य प्रदिपलाल श्रेष्ठ, दक्षिण यशियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष पं लेखनाथ न्यौपाने, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव उत्तमराज भण्डारी, कामधेनु गौशाला नवलपुरका संचालक गौदास बाबा लगायतको उपस्थिति रहेकोे थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल