spot_img

17 March ,2026,Tuesday

नेपाल एतिमी क्याकुशिन फुल कन्टेक्ट कराते संघ पर्साको आयोजनामा बेल्ट टेष्ट तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगंज, १९ माघ । नेपाल एतिमी क्याकुशिन फुल कन्टेक्ट कराते संघ पर्साको आयोजनामा बेल्ट टेष्ट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकारका सामाजिक कल्याण तथा खेलकुद मन्त्रि प्रमोद जयसवालको प्रमुख आतिथित्यमा बेल्ट टेष्ट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेल्कुद रहेको भन्दै प्रदेश सरकार सँग बजेट रहदा पनि संघिय सरकारले बजेट नखोलेको कारण प्रदेश सरकारले केहि गर्न नसकेको बिडम्बना रहेको छ । संघिय सरकारले बजेट खोलिदिएमा अधूरो रहेको नारायणी रङ्गशाला खेलकुद मैदानलाई ओल्मपिक खेल खेल्ने मैदानको रुपमा परिणत गर्ने आफ्नो चाहना रहेको मन्त्रि प्रमोद जयसवाले बताए ।

प्रदेश सरकारले खेलाडिहरुलाई बिमा गर्ने कार्यक्रम, खेलाडिहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम, पुरानो खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत गर्ने, खेलाडिहरुको मनोबल कसरी उच्च रहन्छ भनेर प्रदेश सरकारले आफ्नो कार्य गरिरहेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णली प्रदेशमा हुँदैछ त्यसमा सहभागिता मात्र जनाउने होईन मेडल जितेर आउने सहभागिता जनाउनु पर्दछ । मधेश प्रदेश सरकारका सामाजिक कल्याण तथा खेलकुद मन्त्रि प्रमोद जयसवालले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशको अयोजनमा हुने समेत जनकारी गराए ।

उक्त बेल्ट टेष्ट तथा सम्मान कार्यक्रमको बिशिष्ट अतिथि जिल्ला खेलकुद समिती पर्साका निमित कार्यालय प्रमुख पृथ्वी आलोक कुश्वाहा, पत्रकार माहासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल रहनु भएको थियो भने अतिथिमा कुस्तिको प्रशिक्षक मदन यादव, शारिरिक सु–संगठनके प्रशिक्षक करण यादव, क्याकुशिन करातेको प्रशिक्षक धन्नजय शर्मा, क्याकुशिन करातेको प्रशिक्षक रबी कलवार, बारा क्याकुशिन करातेको प्रशिक्षक जुगलि दास, कराते प्रशिक्षक रमेश श्रेष्ठ, कुस्ति संघ पर्सा अध्यक्ष पिन्टु रौनियार, ज्योति जागरण मिडियाका स्वादाता तथा प्रेस चौतारि प्रसाका उपाध्यक्ष राजेन्द्र सिहँ राजपुत, ई दैनिक जागरण डट कमका सञ्चालक तथा दैनिक जागरण साप्ताहिक पत्रिकाको सम्पादक पत्रकार राजन कुमार सिहँ लगायतको उपस्थिति रहेको थियो ।

उक्त बेल्ट टेष्ट तथा सम्मान कार्यक्रम क्याकुशिन कराते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई सहजिकरण क्याकुशिन करातेको प्रशिक्षक बिशेश्वर पटेलले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल