21 August ,2025,Thursday

ठूलो परिमाणमा गाँजा, चरेससहित दुई जना पक्राउ

वीरगंज, २९ माघ । ५५ किलो ९० ग्राम गाँजा, चरेससहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रवक्ता सापकोटाले बताए ।
यसैगरी, आज बिहान ९ः३० बजे नेपाली नम्बरको पल्सर मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखेर दुईवटा झोला फालेर भागेकोका थिए । दुईवटा झोलाबाट २७ किलो ९० ग्राम गाँजा बरामद भएको सापकोटाले बताए । यसैगरी आज बिहान प्रहरी चौकी पथलैयाले नेपाली नम्बरको स्कुटीबाट अफिमजस्तो देखिने १३ किलो वस्तु बरामद गरेको छ । प्रहरीले स्कुटी रोक्न खोज्दा नरोकी भागेको र पिछा गर्दैजाँदा सूर्य नेपाल नजीकैबाट स्कुटी र मकवानपुर जिल्ला, मनहरी गापा–६ बस्ने सूर्यबहादुर मोक्तान र भीमबहादुर मोक्तानलाई पक्राउ गरेको प्रवक्ता सापकोटाले बताए । स्कुटीबाट १३ किलो अफिमजस्तो देखिने वस्तु बरामद भएको र घटनाबारे छानबिन भइरहेको प्रवक्ता सापकोटाले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...