22 August ,2025,Friday

वीरगंज महानगरपालिकाले २ विघा सार्वजनिक जग्गा कब्जामुक्त ग-यो

वीरगंज, १८ फागुन । वीरगंज महानगरपालिका वडा नं. ३१ वेल्वामा व्यक्तिले अवैध रूपमा कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ। महानगरको अतिक्रमण नियन्त्रण समितिले आइतवार सर्वेक्षण गरी उक्त अतिक्रमित जग्गा फिर्ता लिएको हो । यसअघि उच्च अदालत वीरगंजमा परेको रिटमा महानगरको पक्षमा फैसला आएपछि सार्वजनिक जग्गा कब्जामुक्त गर्ने बाटो खुलेको थियो । स्थानीय हसमुदिन अंसारीले सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नुहुँदैन भन्दै नैमुद्दिन अंसारी र बसरूद्दिन अंसारीविरूद्ध जाहेरी दिएका थिए। अदालतका न्यायाधीशद्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैले पनि कब्जा गर्न नपाउने आदेश दिएको थियो। यसै आधारमा आइतवार महानगरपालिकाले सर्वेक्षक टोलीसहित सार्वजनिक जग्गा छुट्याउने कार्य गरेको हो । महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत स्वार्थमा दुरूपयोग हुन नदिन महानगर प्रतिबद्ध रहेको बताउनुभयो। महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नापनक्सा गरी जग्गा चिन्हांकन गर्दै व्यक्तिको कब्जाबाट मुक्त गराएको वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि कडा कदम चाल्ने जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...