28 June ,2026,Sunday

तीन महिलासहित ५४ जनाद्वारा रक्तदान

वीरगंज, २६ फागुन । हिलिङ टच स्पा एन्ड सलोनले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा सुभाष पटेल, राजकुमार पासवान, प्रेमनारायण नारायण राई, बिचन महतो, राकेश कुमार जैसवाल, विनीत अग्रवाल, सुरेश कुमार गोयल, दिपेन्द्र, अमन अग्रवाल लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका छन् ।
रोशन गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, एसपी गौतम मिश्र, सशस्त्र प्रहरीकाका प्रमुख एसपी राधेश्याम धिमाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, उद्योग बाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, धीरज दारूका, डा. नीरज सिंह, डा. रमेश अग्रवाललगायतको सहभागिता थियो । कार्यक्रममा रक्त संचार वीरगंजका जितेन्द्र कुशवाहा, राजन श्रीवास्तव, नमित चौरसिया लगायतका टिम द्वारा प्राविधिक सहयोग गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...