spot_img

20 March ,2026,Friday

अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी

जनकपुरधाम, २० चैतः धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ ।
पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिनुभयो ।
बन्द गराइएका निजी विद्यालयमा न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशालालगायत एक दर्जन विद्यालय बन्द गराइएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ ।
सोही अनुरुप शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आफ्नो पालिकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । पालिका अध्यक्ष यादवले गैकानुनी रुपमा सञ्चालनमा रहेका विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि भर्ना नगर्न अभिभावकलाई आग्रह गर्नुभयो । साथै उहाँले विद्यालय सञ्चालकलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार दर्ता गरी विद्यालय सञ्चालन गर्नका लागि निर्देशन गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल