22 December ,2025,Monday

प्याज चोरी पैठारी गर्नेविरूद्ध मुद्दा दायर

वीरगंज, २१ चैत/ पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरूद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार ३४ टन प्याज चोरी पैठारीमा संलग्न भएको भन्दै शिव पार्वती ट्रेडर्सका सञ्चालक जनकदुलारी देवी, भारतीय मालवाहक १६ चक्के लरी ट्रकका चालक उमेश यादव र ट्रकका धनी भारतीय नागरिक नरेश यादवविरूद्ध मुद्दा दायर गरिएको हो । अभियुक्तहरूले प्याज पैठारी गर्दा भन्सार जाँचपास नगराई भन्सार छली चोरी पैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरेको भन्दै बिगो र जरिवानासहित रू ३६ लाख ५८ हजार १०० मागदाबीसहित मुद्दा दायर गरेको छ । यसैगरी, १६ चक्के लरीका धनी यादवलाई ट्रक जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी अभियोग दर्ता गरिएको छ । चालु आर्थिक वर्षमा राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका १२ वटा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल