27 July ,2026,Monday

२२० ग्राम ब्राउनसुगरसहित चारजना भारतीय पक्राउ

वीरगंज, २१ चैत । ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई वीरगंज महानगरपालिकाको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेकजाँच गर्ने क्रममा लागु औषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारत, विहार राज्य जिल्ला पुर्वी चम्पारण थाना रक्सौल वडा नं. १४ मौजे बस्ने वर्ष ३७ को कृष्णा कुमारको भारतीय नम्बरको कालो स्कार्पियो गाडीको पछाडीपट्टीको डिक्की भित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ दुर्ई वटा पोका मध्ये एउटा पोकाभित्र १०० ग्राम र अर्काे पोकाभित्र १२० ग्राम गरी २२० ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सोही स्कार्पियोमा सवार भारत विहार राज्य जि. पूर्वी चम्पारण थाना रक्सौल वडा नं. १३ बस्ने वर्ष ३८ को सुधिर कुमार, रक्सौल वडा नं. १३ बस्ने वर्ष ४८ को अमित कुमार, रक्सौलकै सिसवा वडा नं. १ बस्ने वर्ष २७ को राजा कुमार (गाडी चालक)लाई पनि पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...