14 December ,2025,Sunday

‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

एजेन्सी, ७ जेठ । भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले मङ्गलबार आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्नुभएको छ ।
सतहत्तर वर्षीया मुश्ताक कन्नड भाषाको साहित्यबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुनुहुन्छ ।
“यो क्षण हजारौँ जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र पूर्णतया सामूहिक”, मुश्ताकले लन्डनको टेट मोडर्न ग्यालरीमा आयोजित एक समारोहमा भन्नुभयो, “म यो महान सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्दछु ।”
मुश्ताकले ५० हजार पाउन्ड (६७ हजार डलर) को पुरस्कार उहाँको अनुवादक दीपा भस्तीसँग बाँड्नुहुनेछ । भस्तीले कथाहरू छनोट गर्न सहयोग गर्नुभएको थियो ।
‘हार्ट ल्याम्प’ मा सन् १९९० देखि सन् २०२३ बीच मूल रूपमा प्रकाशित १२ कथा सङ्कलित छन् । यी कथाले महिला र केटीहरूको अनुभवहरूमा ध्यान केन्द्रित गर्दै दक्षिण भारतका मुस्लिम समुदायहरूको दैनिक जीवनलाई चित्रण गर्छन् ।
समालोचकहरूले यस सङ्ग्रहको सुक्खा र मधुर हास्य, यसको चतुर, बोलचालको शैली र पितृसत्ता, जातिवाद र धार्मिक रूढिवादमाथि गरिएको तीव्र टिप्पणीका लागि प्रशंसा गरेका छन् ।
दक्षिण पश्चिम भारतको कर्नाटक राज्यमा बस्नुहुने मुश्ताक महिला अधिकारमा वकालत गर्ने र भेदभावको सामना गर्ने कानूनी कार्यका लागि परिचित हुनुहुन्छ ।
निर्णायक मण्डलले जोशिला हजुरआमादेखि लिएर अल्मलिएका धार्मिक पण्डितहरूसम्मका उहाँका पात्रहरूलाई ‘अस्तित्व र लचिलोपनको आश्चर्यजनक चित्रण’ भनेर सम्मान गरेको छ ।
“मेरा कथाहरू महिलाहरूको बारेमा छन् – कसरी धर्म, समाज र राजनीतिले उनीहरूबाट निर्विवाद आज्ञाकारिताको माग गर्छ र त्यसो गर्दा उनीहरूलाई अमानवीय क्रूरता दिन्छ, उनीहरूलाई केवल अधीनस्थहरूमा परिणत गर्दछ”, उहाँले भन्नुभयो ।
निर्णायक समितिका अध्यक्ष म्याक्स पोर्टरले ‘हार्ट ल्याम्प’ लाई ‘अङ्ग्रेजी पाठकहरूका लागि वास्तवमै नयाँ कुरा’ भनेर सराहना गर्नुभयो ।
“एउटा मौलिक अनुवाद जसले अङ्ग्रेजीको बहुलतामा नयाँ बनावटहरू सिर्जना गर्न भाषालाई हल्लाउँछ । यसले अनुवादको हाम्रो बुझाइलाई चुनौती दिन्छ र विस्तार गर्दछ”, उहाँले भन्नुभयो । लन्डन, ७ जेठ (रासस/एएफपी) :
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।