29 December ,2025,Monday

मानव बेचबिखन नियन्त्रणमा पर्सा अगाडि, एसपी मिश्र सम्मानित

वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रहरी उपरीक्षक मिश्रलाई कदरपत्र दिएर सम्मानित गर्नुभयो।
प्रहरी उपरीक्षक मिश्रको प्रयासले भारतमा ठूलो संख्यामा बेचिएका चेलीहरूको उद्धार गरिएको र यस अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइएकोले उहाँलाई सम्मानित गरिएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहसहित अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल