9 September ,2025,Tuesday

धोबिनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडालाई जनप्रतिनिधि द्वारा स्वागत

राजन बानिया

वीरगंज, २३ भदौ । पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव सहित, वडा अध्यक्ष दबेन्द्र प्रसाद कुर्मी, शिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, योजना प्रमुख पपु पटेल, जिन्शि प्रमुख प्रदीप पटेल,इन्जिनियर रबिभुशन पटेल, तजेन्द्र माली, प्रदीप गुप्ता, रबिन्द्र शर्मा, बृजकिशोर पटेल,गणेश शाहि, रामलोचन साह,लगाएतले अधिकृत खतिवडालाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत खतिवडाले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए । आफू जनता हरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

तपाईहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग रशिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, समन्वयको जरुरी रहेको बताए । परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी, प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...