दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ ।
सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताउनुभयो ।
यस वर्ष नेग्लेरिया फोलेरी अमिबाबाट १९ जनाको मृत्यु र ७२ सङ्क्रमण रिपोर्ट भएको छ । जसमा सेप्टेम्बरमा मात्रै नौ जनाको मृत्यु र २४ सङ्क्रमित छन् । गत वर्ष ३६ घटनामा नौ जनाको मृत्यु भएको थियो ।
युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले यसलाई ‘मस्तिष्क खाने अमिबा’ भन्छ । किनकि यसले मस्तिष्कलाई सङ्क्रमित गरी तन्तु नष्ट गर्न सक्छ । मस्तिष्कमा पुगेमा ९५ प्रतिशतभन्दा बढी ज्यान जाने जोखिम हुन्छ ।
सङ्क्रमण अत्यन्त दुर्लभ भए पनि प्रायः घातक हुन्छ । अमिबा तातो ताल र नदीहरूमा बस्छ र नाकमार्फत प्रवेश गरेर सङ्क्रमण फैलाउँछ । यो व्यक्तिबाट व्यक्तिमा सिधा सर्दैन ।
विश्व स्वास्थ्य सङ्गठनले लक्षणमा टाउको दुखाइ, ज्वरो, बान्ता, मानसिक परिवर्तन, मतिभ्रम र कोमा हुने उल्लेख गरेको छ ।
चिकित्सक अलीले भन्नुभयो, “विगतमा सीमित क्षेत्रहरूमा मात्र देखिन्थे, यस वर्ष राज्यभर नयाँ घटनाहरू देखा परेका छन्, यो चिन्ताको विषय हो ।”
सन् १९६२ देखि संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान र अस्ट्रेलियामा विश्वभर लगभग पाँच सय घटना रिपोर्ट भइसकेका छन् । नयाँदिल्ली, २ असोज (रासस/एएफपी)

प्रतिक्रिया लेख्नुहोस् ।