20 September ,2025,Saturday

रक्तदान जीवनदान, रक्तदान महादान : संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ मा जीतपुरसिमरामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

जीतपुरसिमरा, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, जीतपुर बाराको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण तथा बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा ५ जना महिला सहित जम्मा ५४ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन्। उक्त जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स–कोषाध्यक्ष अभिलाष गुप्ताले दिएका हुन्।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा एवं उहाँको टोलीले प्राविधिक सहयोग गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपप्रमुख भोला प्रसाद अधिकारी तथा प्रमुख राजन पौडेलको विशेष उपस्थिति रहेको थियो।

यस अवसरमा रक्तदान गर्नेहरूमा मातृका पौडेल, सुरज पुन मगर, चूडामणि काफ्ले, ललित किशोर, हासमुद्दिन अन्सारी, सिद्धार्थ चौधरी, सपना बम्जन, साबित्रि सोंग, सुस्मा तामाङ लगायत ५४ जना दाताहरू सहभागी भएका थिए।

कार्यक्रम सफल बनाउन स्थानीय संघ–संस्था, जनप्रतिनिधि हरूको सक्रिय भूमिका रह्यो। आयोजकहरूले रक्तदानलाई मानवताको महान् सेवा बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...