28 December ,2025,Sunday

सशस्त्र प्रहरीले भन्सार छलीको सामान समात्यो

वीरगंज, ३ असोज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले वीरगंज महानगरपालिका–१६, गण्डक इलाकाबाट ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरेको हो । उक्त सामानहरूको अनुमानित मूल्य करिब रू. ९० हजार रहेको जनाइएको छ। अटो सहित कुल मूल्य करिब रू. ३ लाख ९० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। घटनास्थलबाट अटो चालक फरार भएका तथा बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल