28 December ,2025,Sunday

वीरगंजमा क्षतिग्रस्त प्रहरी बिट पुनर्निर्माणमा युवाहरूको सकृयता

अभिलाष गुप्ता

वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको वीरगन्जको घण्टाघरस्थित नेपाल प्रहरीको बिट संरचना स्थानीय युवाहरूको पहलमा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ।

‘आफ्नै देश आफै बनाऔँ’ भन्ने नारासहित वीरगंजका युवाहरूले प्रहरी र जनताबीचको विश्वासलाई पुनःस्थापित गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका हुन्। नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल लिमिटेडका कर्मचारी तथा एलाइड यूथ क्लबका युवाहरूले मिलेर प्रहरी बिटलाई आवश्यक सामग्री उपलब्ध गराएका छन्।

पुनर्निर्माणका क्रममा टेबल, कुर्सी, दराज, पंखा, पानीको ट्यांकी, आवश्यक विद्युतीय सामग्री, साथै तोडफोड भएका झ्याल र ढोकाहरू प्रतिस्थापन गरिएका छन्। साथै, भवनको रंगरोगन समेत गरी प्रहरी बिटलाई पुरानै अवस्थामा ल्याइएको छ।

यस अभियानको नेतृत्व एलाइड यूथ सोसाइटीका संस्थापक ओमकुमार झाले गरेका थिए। उनले प्रहरी र जनताबीचको सम्बन्धमा सुधार ल्याउन युवाहरूले अग्रसरता देखाएको र भविष्यमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेशनल इन्फोटेक कलेजका प्रतिनिधि तथा युवा नेता सुधीर पटेलले जेनजी आन्दोलनका क्रममा केही उच्छृंखल व्यक्तिहरूबाट भएको तोडफोड र आगजनी दुर्भाग्यपूर्ण भएको बताउँदै, “युवाहरूले समाजप्रति जिम्मेवार बन्दै प्रहरी बिट पुनर्निर्माणमा सक्रिय सहयोग गरेका छन्, यो सकारात्मक कदम हो,” भने।

स्थानीय प्रहरी प्रशासनले पनि युवाहरूको यस पहलको प्रशंसा गरेको छ र यस प्रकारका सहकार्यले समुदायमा शान्ति र विश्वासको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल