28 December ,2025,Sunday

स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ७ असोज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा मिति २०८२ असोज ७ गते एक विशेष स्वागत तथा फेरी भेटौला कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक गौतम मिश्रको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, धनगढी, कैलालीमा सरुवा भएपछि उहाँलाई विदाई तथा फेरी भेटौला कार्यक्रम गर्नु र नयाँ सरुवा भएर पर्सा प्रहरीमा कार्यभार सम्हाल्न आएका प्रहरी उपरीक्षक सुदिप राज पाठक र प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतलाई स्वागत गर्नु रहेको थियो।

कार्यक्रममा प्रहरी उपरीक्षक मिश्रलाई कार्यकालको सफलतापूर्वक समापन र पर्सा जिल्लामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै फूलमाला, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। उहाँले आफ्नो कार्यकालमा पर्सा जिल्लामा सुरक्षा व्यवस्था सुदृढ पार्न र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकर्मी तथा अधीनस्थ प्रहरी कर्मचारीहरूले धन्यवाद व्यक्त गरेका थिए।

त्यसैगरी, नयाँ सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक पाठकलाई कार्यालय प्रमुखको जिम्मेवारी ग्रहण गर्नुभएको अवसरमा स्वागत गर्दै, पर्सामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा थप सक्रियता देखाउने अपेक्षा व्यक्त गरिएको थियो। प्रहरी नायब उपरीक्षक बस्नेतलाई पनि मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वागत गर्दै उहाँसँग सहकार्यमा काम गर्न तत्पर रहेको बताएका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएस्पी किशोर लम्साल,जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगाएत विभिन्न युनिटका प्रहरी कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पुराना अधिकृतलाई सफल भविष्यको शुभकामना दिएका र नयाँ अधिकृतसँग सहकार्य र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल