17 July ,2026,Friday

आठ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, १० असोज । सशस्त्र प्रहरी बल पर्साले आठ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । असोज ९ गते सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.–४ अमरपट्टी वरगाछी स्थित नेपालबाट भारत जादै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार पर्सागढी न.पा.–९ एकटाङा बस्ने वर्ष २१ को सरोज प्रसाद यादवलाई चेकजाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यादवले शरिरभित्र र मोटरसाइकलको सिटमुनि लुकाई छुपाई राखेको प्रतिबन्धित लागु औषध गाँजा ८ के.जी.फेला परेपछि आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...