28 December ,2025,Sunday

हैजाको महामारी पछि वीरगंजमा निःशुल्क भोजन शिविर पुनः सञ्चालन

अभिलाष गुप्ता

वीरगंज, ११ असोज । हैजाको महामारीका कारण करिब तीन हप्ता देखि बन्द रहेको निःशुल्क भोजन शिविर आजदेखि पुनः सञ्चालनमा आएको छ। वीरगंज समाज सेवाद्वारा सञ्चालित उक्त शिविर नारायणी अस्पताल परिसरमा आज विहानदेखि पुनः सुरु गरिएको हो।

शिविर हरेक शनिबार विहान ९ बजेदेखि सञ्चालन हुने गरेको छ। आजको कार्यक्रममा करिब ४५० देखि ५०० सर्वसाधारण, अस्पतालमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरू, रिक्साचालक, टेम्पो चालक, गरीब तथा असहाय व्यक्तिहरूले निःशुल्क भोजन ग्रहण गरेका थिए।

समाज सेवाका सचिव प्रकाश बाहेतीका अनुसार आजको भोजनमा भात, दाल, आलु, चनाको दाल, परवल मिक्स सब्जी, सलाद र हरियो खुर्सानीको व्यवस्था गरिएको थियो। समाज सेवाले यो भोजन शिविरको उद्देश्य अस्पतालमा उपचाररत बिरामी र उनका कुरुवाहरूलाई सहयोग पुर्‍याउनुका साथै दैनिक श्रमिक, निमुखा र असहाय व्यक्तिहरूलाई सस्तो तथा पौष्टिक खाना उपलब्ध गराउनु रहेको बताएको छ।

आजको शिविरमा वीरगंज समाज सेवा अध्यक्ष अशोक गुप्ता, सचिव प्रकाश बाहेती, सदस्यहरू अभिलाष गुप्ता, लालबाबू सिंह, राजेन्द्र भट्टराईलगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। उनीहरूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनकल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल