28 December ,2025,Sunday

सर्राफको घरमा छापा मारी ठूलो मात्रामा सुन-चाँदी बरामद

वीरगंज, २८ असोज । सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले वीरगंजका एकजना सुनचाँदी व्यवसायीको घरमा छापामारी सुन, चाँदीका गहना बरामद गरेको छ ।
सोमवार वीरगंज महानगरपालिका वडा नं. ८ माईस्थान स्थित अभिषेक सर्राफको घरमा अबैध रूपमा भन्सार छलि सुन ल्याई गोदाम गरिराखेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले छापामारी गरेको छ ।
छापामारीको क्रममा उक्त सुन, चाँदी नियन्त्रणमा लिई सुन चाँदी ब्यवसायी संघ पर्सामा लगेर मापन गर्दा सुन २२५४.८६ ग्राम, चाँदी १०३५४.०७ ग्राम, सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम र नगद नेपाली रू.१ लाख ९ हजार तथा भा.रू.४१ हजार ६० नगद बरामद भएको छ । नगद र सुनचांदीका गहना बरामद गरि आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा लगिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल