14 October ,2025,Tuesday

भन्सार मूल्याकंन डाटावेस प्रणालीको वीउवासंघद्वारा स्वागत

वीरगंज, २८ असोज । वीरगंज उद्योग वाणिज्य संघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भंसार मूल्यांकन डाटावेस प्रणालीको स्वागत गरेको छ ।
भंसार विभाग र निजी क्षेत्रसँग लामो समयदेखि भंसार मूल्यांकन सम्बन्धमा विवाद रहदै आएको र यसलाई समाधान गर्न नेपाल सरकारले हालसालै विराटनगर भंसार कार्यालमा परिक्षणको रूपमा पारम्पारिक मूल्यांकन प्रणालीलाई विस्थापन गरी भंसार मूल्यांकन डाटावेस प्रणाली लागु गरेको र त्यहाँको परिणाम सकारात्मक भएकोले निकट भविष्यमा वीरगंज भंसार कार्यालयमा पनि यो व्यवस्था लागु गर्ने भनी मिति २०८२।६।२७ गते महानिर्देशक, भंसार विभागसँग एकीकृत भंसार जाँचचौकी, वीरगंजमा जानकारी हुन आएकोले वीरगंज उद्योग वाणिज्य संघ अत्यन्त उत्साहित भएको विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष हरिप्रसाद गौतमले जारी गरेको विज्ञप्तिमा लामो समयदेखिको मूल्यांकन प्रक्रिया सुधार हुने र स्वच्छ र पारदर्शी कारोवार गर्ने व्यवसायीहरूलाई यस प्रक्रियावाट सरल भै व्यवसाय बढ्ने भएकाले यस प्रणालीले सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई सहयोग गर्न अभिप्रेरित उल्लेख छ ।
नेपाल सरकार भंसार विभागले मिति २०८२।६।२४ मा आधिकारिक व्यावसायिक व्यक्ति/ट्रष्टेड ट्रेडर्सको मान्यताप्राप्त गर्नका लागि गोरखापत्रमा दरखास्त आहवान गरेको छ । समाजमा विद्यमान राम्रा व्यवसायीहरूलाई मान्यता दिई उनीहरूको व्यवसायमा थप सरलीकरण गर्ने उद्देश्यले गरिएको सो कार्य अत्यन्त सराहनीय रहेको र यसको मापदण्डमा पर्ने सम्पूर्ण व्यवसायीलाई यसमा भाग लिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न र अब समाजका हरेक तप्कामा राम्रो र नराम्रो व्यक्तिलाई छुट्टयाई राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गर्न जरूरी भइकेको वर्तमान परिप्रेक्ष्यमा सरकारले कमसेकम व्यावसायिक क्षेत्रमा यो व्यवस्था लागु गरेकोमा वीउवासंघले विज्ञप्तिमार्फत हार्दिक स्वागत गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...