spot_img

22 February ,2026,Sunday

जीवन असुरक्षित स्वयं हम तुलना र डरले बनाउँछौं : बिमल सर्राफ

 रक्सौल, पूर्वी चम्पारण ०५ कार्तिक । शब्दको असली प्रतिष्ठा तब हुन्छ जब हामी तिनीहरूलाई आफ्नो जीवन र कर्ममा उतार्छौं। यही विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता लायन बिमल सर्राफले सञ्चारकर्मीहरू सँग साझा गरेका छन्।

उनी भन्छन् — “जब हामी आफ्ना भावनाका मालिक बन्छौं, तब सम्बन्धहरूमा उल्झन होइन, सहजता आउँछ। त्यसपछि हामी कसैसँग अत्यधिक निर्भर हुँदैनौं, कसैका लागि बोझ हुँदैनौं, कसैबाट अपेक्षाको लेखाजोखा राख्दैनौं। त्यसपछि सम्बन्धहरू प्रेमबाट चल्छन्, दबाबबाट होइन।”

उनका अनुसार, वास्तवमा कसैले हामीलाई दुःखी बनाउँदैन, हामी आफैं आफ्ना विचारहरूले दुःख सिर्जना गर्छौं। कसैले हामीलाई रिस उठाउँदैन, हामी आफैं प्रतिक्रिया जनाएर रिस रोज्छौं। कसैले हामीलाई असुरक्षित बनाउँदैन, हामी आफैं तुलना र डरले आफ्ना भित्री भावनालाई असुरक्षित बनाउँछौं।

“जस दिन हामी बुझ्छौं कि ‘मेरो हरेक भावना मेरो आफ्नै सिर्जना हो,’ त्यही क्षणबाट असली शक्ति सुरु हुन्छ,” सर्राफले भने।

उनका अनुसार ‘इमोशनल इन्डिपेन्डेन्स’ को अर्थ अरूबाट टाढा रहनु होइन, प्रेम त्याग्नु होइन, कठोर बन्नु पनि होइन, यसको मतलब केवल यति हो — आफ्नो मनको चाबी अरूलाई नदिनु। अरूको व्यवहारको दास नबन्नु, सधैं दिने उर्जामा रहनु — प्रेम, सम्मान र करुणा बाँड्नु। जब भित्र शान्ति हुन्छ, सम्बन्धमा चमत्कार आपैं हुने गर्छ।

“जो व्यक्ति आफैंमाथि नियन्त्रण राख्न सक्छ, उसलाई कोही पराजित गर्न सक्दैन,” सर्राफको भनाइ थियो।

सीख (सन्देश) :
क्रोधमाथि विजय नै सबैभन्दा ठूलो जीत हो। संयम नै सफलता तर्फको पहिलो पाइला हो।
कसैले राम्रो भनें — “झूट बोल्नेहरूलाई सम्मान नदिनु, अफवाहमा ध्यान नदिनु। यदि भनाइ र काम फरक छ भने ज्ञान बाँड्ने ढोंग नगर्नु। हामी साधारण मानिसहरूलाई शंकरझैं विष पिलाउन खोज्नु ठिक होइन। सरल रहौं र अरूलाई पनि रहन दिऔं। यदि सहयोग गर्न सक्दैनौं भने कम्तीमा निरर्थक अपेक्षाको दान नदिऔं।” साभार – डा. हरिमंगल प्रसाद

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल