3 November ,2025,Monday

बिना चश्मा दृष्टि सम्भव छ’ : वीरगंजमा रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ कार्तिक ।  ‘बिना चश्मा दृष्टि सम्भव छ’ भन्ने नाराका साथ वीरगंज सामुदायिक आँखा केन्द्रमा शनिबार रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। आधुनिक दृष्टि सुधार प्रविधिको जानकारी र पहुँच समुदायमा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ७२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो।

कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ रेफ्रेक्टिभ, कर्निया तथा क्याटर्याक्ट सर्जन डा.सागर रुइत र डा. पुरुषोत्तम ढुंगानाको नेतृत्वमा सम्पन्न गरिएको थियो। परीक्षणमा सहभागी भएका बिरामीहरूमध्ये ६ जनामा दृष्टिदोष (अपवर्तन त्रुटि) पाइएको र उनीहरूमा गरिएको प्रारम्भिक परीक्षणको नतिजा रेफ्रेक्टिभ सर्जरीका लागि सकारात्मक देखिएको
वीरगंज सामुदायिक आँखा केन्द्रका मेडिकल कोअर्डिनेटर महेशसिं धामीले जानकारी दिए।

धामीका अनुसार ती बिरामीहरूलाई थप परीक्षण र शल्यक्रियाका लागि तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं सिफारिस गरिएको छ। उनले भने, “यो कार्यक्रमले वीरगंजका स्थानीयहरूलाई उच्चस्तरीय दृष्टि सुधार उपचारको अवसर प्रदान गरेको छ। ग्रामीण तथा शहरी क्षेत्रका बिरामीहरूलाई चश्मा बिना दृष्टि सुधार सम्भव हुने नवीन प्रविधिसँग परिचित गराउन यो पहल निकै उपयोगी बनेको छ।”

उनका अनुसार यस किसिमका स्क्रिनिङ कार्यक्रमहरूबाट आँखासम्बन्धी रोगको प्रारम्भिक पहिचानमा सहयोग पुग्ने, बिरामीहरूको जीवनस्तर सुधार हुने र दृष्टि सम्बन्धी समस्याबारे जनचेतना फैलिने अपेक्षा गरिएको छ।

कार्यक्रममावीरगंजका विभिन्न सामुदायिक संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

वीरगंज सामुदायिक आँखा केन्द्रले आगामी दिनहरूमा पनि दृष्टि सुधार तथा निःशुल्क आँखा परीक्षण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...