3 November ,2025,Monday

संकटपछि सहयोगका हातहरू: वीरगंज महानगरलाई विभिन्न संघ–संस्थाबाट उपकरण सहयोग, पुनःसञ्चालनमा नयाँ ऊर्जा

अभिलाष गुप्ता

वीरगंज, १६ कार्तिक । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि अहिले महानगर पुनःसञ्चालनको बाटोमा अघि बढिरहेको छ।

महानगरको कार्यालय जलेर नष्ट भएपछि दैनिक प्रशासनिक कार्यमा निकै कठिनाइ आएको थियो। तर पछिल्ला दिनहरूमा विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले अगाडि बढाएका सहयोगका हातहरूले कार्यालय पुनः सञ्चालनमा सहजता ल्याएका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत एन.पी.एल. सामाज कल्याण संस्थाले आज वीरगंज महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप हस्तान्तरण गरेको छ। वीरगंजस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले उक्त सामग्री हस्तान्तरण गर्दै, “नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन सहयोग गर्न पाउँदा खुशी लागेको” प्रतिक्रिया दिनुभयो।

त्यसैगरी,ब्रिटानिया नेपाल प्रा.लि.ले पनि आजै महानगरलाई २० थान अफिस कुर्सी प्रदान गरेको छ।यसअघि पनि सूर्य नेपाल प्रा.लि.ले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरिसकेको थियो भने औषधि उत्पादक संघ, वीरगंज इकाईले समेत कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो।

महानगरले प्राप्त यस्ता सहयोगहरूले कार्यालय सञ्चालन सहज बनाउनका साथै कर्मचारीहरूको मनोबल वृद्धि भएको बताएको छ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गर्दै भन्नुभयो महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो। यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ।

उहाँका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिनेछ। साथै, आगामी दिनमा महानगरले अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गर्ने योजना बनाएको जनाएको छ।

वीरगंज महानगर अहिले संकटपछि पुनःनिर्माण र पुनःसञ्चालनको यात्रामा छ, जहाँ सामुदायिक एकता, संस्थागत उत्तरदायित्व र सहकार्यको भावना देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...