7 November ,2025,Friday

हाकिम यादवको कारण फतुवा विजयपुर नगरपालिकामा उल्लेखनीय सुधार

रूपेश यादव 

रौतहट, २१ कार्तिक । फतुवा विजयपुर नगरपालिकामा पछिल्ला महिनाहरूमा प्रशासनिक र सेवाप्रवाहका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हाकिम यादवको नेतृत्व, सक्रियता र कार्यशैलीका कारण जनस्तरमा सुधारको अनुभूति भएको स्थानीयवासीहरूले बताएका छन्।

अधिकृत यादवले जिम्मेवारी पाए लगत्तै पालिकामा भएको बिवादलाई समाधान तर्फ धकेल्दै पालिकाको प्रशासनिक शैक्षिक लगाएत सबै कामलाई तिव्र रुपमा अगाडि बढाउदै आएको हो।

स्थानीय सार्वजनिक प्रशासन सुधारका लागि संरचनागत, कार्यात्मक र व्यवहारगत सुधार गर्न सेवा प्रवाहमा गर्ने अधिकतम अगाडि बढाउने गर्छन् , यसले नगर क्षेत्रमा सुशासन प्रवर्धन हुने स्थानीयहरु दावी गर्छन् ।

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष “एजाज महम्मद बताउँछ म दुई कार्यकालदेखि लगातार वडा अध्यक्ष बन्दै आएको हु तर यस नगरपालिकामा कति कार्यकारी अधिकृत आयो तर कहिले जनप्रतिनिधिको बिवाद त कहिले शिक्षकहरुको बिवादले त कहिले कर्मचारीहरुमा बिवाद तर अधिकृत यादवको आगमन भएको दस महिना मात्र भयो तर यति कम समयमा नगरपालिकालाई चाहै भन्दा बढि अगाडि बढाएको देखिन्छ यसता अधिकृत यस नगरपालिकामा आउनु भनेको नगरवासीहरुको लागि गर्वको कुरा रहेको बताए।

श्री माध्यमिक बिधालय पेटभर्वाका प्रधानाध्यापक तथा नेपाल शिक्षक संघका फतुावा बिजयपुरका नगर अध्यक्षका राधेश्याम प्रसाद यादवका अनुसार अनुसार महान चाडपर्व दिपावदी र छठ अगावै तलब भत्ता निकासा र बिधालयहरुमा बिधार्थी संख्याको अधारमा र आधारभुत र माध्यमिकमा बिधालयहरुमा सबैखाले सेवा सुबिधाहरु उपलब्ध गराउदै आउनु भएका छन , प्रत्येक स्कुलमा समय समयमा बिधालय अनुगमन , गर्नु र आवश्यकता हेरी पालिका बाट नियम संग मिल्ने सेवा सुबिधाका लागि कहि कतै पछाडि नहट्ने गर्ने गर्छन्।

अधिकृत यादवको आगमन पश्चात् नगरबासी लगाएत सबै पक्ष सन्तुष्ट भई उनका आवश्यकता आवश्यक रहेको बताउँछ , उनका आगमनले नगरपालिका अन्तर्गतका स्वास्थ्य , खानेपानी , समयमा नगरसभा लगाएत नगरपालिका लाई पारदर्शीता, जवाफदेही , अनुशासित , बनाउन उनका ठुलै योगदान रहेको देखिन्छ।

नगर कार्यालयमा सेवा लिन आउने सर्वसाधारणले पहिलेको तुलनामा अब छिटो, सहज र पारदर्शी सेवा पाउन थालेका छन्। यादवले कार्यालयमा समयपालन, जिम्मेवारी र उत्तरदायित्वमा कडाइ ल्याएका छन्।

नगरपालिकाको प्रशासनिक सुधारका साथै सफाइ, राजस्व संकलन, योजना कार्यान्वयन, र सार्वजनिक सेवामा पारदर्शिता बढाउने पहल पनि उनले थालेका छन्।

एक स्थानीय व्यवसायीले भने, “पहिले कागजको काम महिनौँ लाग्थ्यो, अहिले दुई दिनमै पूरा हुन्छ। कार्यालयमा सबैलाई समान व्यवहार गरिन्छ।”

जनप्रतिनिधिहरूले समेत यादवको कार्यशैलीको प्रशंसा गर्दै नगरपालिकाको समग्र सेवाप्रवाहमा सुधार आएको बताएका छन्।

यादवले आफ्नो कार्यशैलीबारे प्रतिक्रिया दिँदै भने, “जनताको सेवामा जिम्मेवार भएर काम गर्नु नै मेरो पहिलो प्राथमिकता हो। सुधारको सुरुवात कार्यालयबाटै गर्नुपर्छ भन्ने विश्वासका साथ काम गरिरहेको छु।”

नगरपालिकाको प्रशासनिक कामसँगै शिक्षा, स्वास्थ्य, ढल–पानी र सरसफाइ क्षेत्रमा समेत सुधारका प्रयासहरू भइरहेको नगर स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...