8 November ,2025,Saturday

मंगलवार बेलुकासम्म मधेसका सीमा नाका बन्द

वीरगंज, २१ कातिक । भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमा नाका चार दिन बन्द हुने भएको छ ।
धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सप्तरी, सिरहा, रसुवा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचना अनुसार, शनिवार २२ कार्तिकदेखि २५ कार्तिकसम्म बेलुका ६ बजेदेखि बेलुका ६ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछ ।
यस अवधिमा इमरजेन्सीबाहेक कुनै पनि व्यक्ति वा सवारी साधनले आवागमन गर्न पाउने छैन । औषधि उपचार, एम्बुलेन्स सेवा र अत्यावश्यक सामग्री ढुवानी भने अवरोध बिना सञ्चालन हुने व्यवस्था गरिएको छ। सामान्य आवागमन र व्यापारिक गतिविधि बुधवार बेलुका ६ बजेदेखि मात्र पुनः सुचारू हुने प्रशासनले जनाएको छ ।
यसैगरी, रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात शनिवार साँझ ६ः०० बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलवारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिवार साँझ ६ः०० बजेदेखि लिएर २५ गते मङ्गलवार साँझ ६ः०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ।
नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुर्ई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...