9 November ,2025,Sunday

बिपिएस +2 कलेजका विद्यार्थीहरू द्वारा वीरगंजका मानवसेवा आश्रममा सहयोग

अभिलाष गुप्ता

वीरगंज, २२ कार्तिक । वीरगंजस्थित BPS +2 कलेजका कक्षा ११ र कक्षा १२ का छात्र–छात्राहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सराहनीय कार्य गर्दै मानवसेवा आश्रम, वीरगंजमा सहयोग गरेका छन्।

विद्यार्थीहरूले तिहारको अवसरमा कलेजमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममार्फत संकलन गरिएको रकमबाट जेन्सी तथा खाद्यान्न सामग्री खरिद गरी आश्रममा सहयोग गरेका हुन्। साथै उनीहरूले आश्रम परिसरमा सफा–सफाइ अभियान सञ्चालन गरी वातावरण स्वच्छ बनाएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले आश्रममा आश्रित वृद्ध आमा–बुबासँग आत्मीय भेटघाट गर्दै मिठा गीत, नृत्य र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको यस्तो मानवीय योगदानले वृद्धवृद्धाहरूमा खुशी र आत्मीयताको वातावरण सिर्जना भएको थियो।

कलेजका शैक्षिक निर्देशक दिपक पटेल र एच.आर. निर्देशक सन्दीप कुशवाहाले विद्यार्थीहरूको यस सकारात्मक पहलको प्रशंसा गर्दै भने, “शिक्षा केवल किताबमा सीमित नभई समाजप्रति उत्तरदायी बनाउने माध्यम पनि हो। विद्यार्थीहरूले तिहार जस्तो पर्वलाई मानवीय संवेदनासँग जोडेर उत्कृष्ट उदाहरण पेश गरेका छन्।”

त्यसैगरी शिक्षक–शिक्षिका विशेष दुबेदी, रवि यादव, रेशमा पटेल र कृति चौरसियालगायतले पनि कार्यक्रमको समन्वय तथा विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए।

कार्यक्रमको अन्त्यमा मानवसेवा आश्रमका प्रतिनिधिहरूले विद्यार्थी तथा कलेज प्रशासनप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यहरूले आश्रमका वृद्ध–वृद्धाहरूप्रति समाजको माया र सम्मान झल्काउने बताएका थिए।

विद्यार्थीहरूले भने भविष्यमा पनि यस्ता सामाजिक सेवा–मुखी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...