27 December ,2025,Saturday

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्रीले भन्नुभयो, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले प्रस्तुत गर्ने सामग्रीमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । पिएसबीमा जनताको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।” उहाँले विविध चुनौतीकाबीच पिएसबीको सुरुआत भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिनुभयो । विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीको दृष्टिमा राष्ट्रको पहिचान र गौरव झल्कने सामग्री पिएसबीले समेट्न जरुरी भएको बताउनुभयो ।
मन्त्री खरेलले नेपालमा मात्र नभई विश्वभर आमसञ्चारका माध्यम चुनौतीपूर्ण अवस्थामा रहेका भन्दै पिएसबीलाई ‘मोबाइल डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीका दर्शकस्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिनुभयो । “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेरर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरणअनुरुप अब सुधार गर्नैपर्छ । एनटिभीका पाँचवटै च्यानलमार्फत जनताको विश्वास जित्ने, ‘लाइक, भिवरसीप’ बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय आमसञ्चारमाध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल